सपुत जि निर्माताले तपाईंलाई सोधेर रिलिज डेट तोक्नुपर्ने हो ?


चर्चित गायक कथा नायक प्रकाश सपुतको प्रमुख भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको तयारीमा छ । फिल्म प्रदर्शन हुनलाई अब केही दिन मात्र बाँकी रहेको बेला निर्माणपक्ष र सपुत विच यतिबेला मतभेद देखिन्छ । 

यो फिल्मको प्रदर्शनलाई लिएर एकातिर सपुत असन्तुष्ट छन् भने अर्कातिर निर्माता विनोद पौडेल । हुन त एउटा निर्माताले दसैं र तिहार जस्तो विदाको अवसरमा फिल्म रिलिज नगरेर कहिले गर्ने ? त्यो पनि सोलो रिलिज पाएको बेलामा कुन चाँही निर्माताले फिल्म रिलिज गर्दैन होला भन्ने प्रश्न पनि उब्जिन्छ । 

प्रकाश सपुतको अभिनय, निर्माण र निर्देशन रहेको फिल्म 'वसन्त' चैतमा रिलिज हुँदैछ । चैतमा रिलिज हुने उनको 'वसन्त'लाई एउटा निर्माताले कार्तिकमा रिलिज गर्न लाग्दा प्रकाश असन्तुष्ट हुनुपर्ने कारण खासै देखिदैन् । तर, यतिबेला उनलाई आफ्नो स्टारडममा विश्वास नभएर हो या अरु नै कारण हो उनी निकै असन्तुष्ट सुनिए । 

यो फिल्मको ट्रेलर रिलिज भएपछि उनको भन्दा पनि बढी चर्चा विजय बराल र मुकुन भुसालको भयो । सायद त्यसैले पनि होला उनले निकै लामो स्टाटस लेख्दै असन्तुष्ट व्यक्त गरेका छन् । 

प्रकाशले यो फिल्मको फस्टलुक आएपछि कार्तिक १५ मा रिलिज गर्नको लागि सहमति दिएकै रहेछन् भन्ने कुरा निर्माता विनोद पौडेलको स्टाटस बाट छर्लङै बुझिन्छ । तर, उनले अहिले आएर फिल्मको निर्माण टिमले धोका दियो भन्दै घुमाउरो पारामा व्याङ्य गरेका छन् । 

प्रकाश सपुतलाई हाम्रो प्रश्न 
प्रकाश जि एउटा निर्माताले एक वर्षसम्म फिल्मको रिलिज मिती नहालेर फिल्म रिलिज नगर्दा उसले कती ब्याज तिर्नुपर्छ भन्ने कुरा तपाईंलाई आभास छ कि छैन् ? अनी फिल्मको रिलिज डेट तोकेर फिल्म चलाऊन निर्माताले तपाईंलाई सोध्नुपर्ने हो ? यदी त्यसो हो भने एउटा निर्मातालाई फिल्म रिलिज गर्न कती गार्‍हो हुन्छ भन्ने कुरा 'वसन्त' रिलिज गर्ने बेलामा तपाईंले राम्रैसँग आभास गर्नुहोला ।