‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन बारे के भन्छन् त प्रकाश ?

‘परदेशी २’बाट नेपाली रजतपटमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपुत अभिनित दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको तयारीमा छ । गन्धर्व समुदायमा आधारित यो फिल्म यही कात्तिक १५ गते (लक्ष्मीपूजा) बाट प्रदर्शनमा आउँदैछ । 

यो फिल्म प्रदर्शन हुन अब केही समय मात्र बाँकी छ । तर, प्रकाश सपुत किन यो फिल्मको कुनै कार्यक्रममा जादैनन् भन्ने प्रश्न अहिले उनलाई तेर्सिएको छ ।

उनले यो फिल्ममा काम गर्दा निर्माता विनोद पौडेल सँग आफ्नो फिल्म ‘वसन्त’भन्दा अगाडि रिलिज गर्न नपाउने सर्त राखेका थिए । प्रकाशको त्यो बेलाको सर्त निर्माता पौडेलले स्वीकार गरे । तर, अहिले आएर ‘वसन्त’भन्दा अगाडि नै फिल्म रिलिज हुँदैछ । यही कारण निर्मातासँग प्रकाश असन्तुष्ट भएका हुन् । 

प्रकाशसँग खटपटको विषयमा निर्माता पौडेलले स्पष्टीकरण दिएपछि शुक्रबार प्रकाशले फेसबुकमा लामो स्टाटस लेख्दै अरुको सपना, संघर्ष र ईमानमाथि बेइमानी र बदनामी गर्नेहरुसँग फेरि जोडिन नपरोस् भनेका छन् । 

उनले ‘पूर्ण बहादुरको सारङ्गी’का लागि कुनै पनि सर्त नराखेको उनको भनाइ छ । उनी भन्छन्,-'मैले त उहाहरुलाई आफ्नो समस्या राखेको थिए र सोच्ने समय दिएको थिए । सोचेरै  सम्झौतामा स्पस्ट लेखिएको पनि छ।' उनले भनेका छन् ।