हेर्नुहोस् ‘फिरफिरे फिरिरी’को आइटम गीत

यही कात्तिक २२ गते अर्थात छठ पर्वको अवसर पारेर प्रदर्शनमा हुने हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को आइटम गीत सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमार्फत् ‘टिमिक्कै चोली’ बोलको गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा अनु चौधरीको पार्श्व गायन छ भने प्रशान्त सिवाकोटीको शब्द रचना तथा संगीत छ । यो गीतको भिडियोमा मोडल अलिशा शर्माको आइटम डान्स हेर्न सकिन्छ भने सन्दीप श्रेष्ठ, मनोज कुमार अधिकारी लगायत यो गीतमा फिचर्ड छन् । 

निर्देशक नविन भट्टले निर्देशन गरेको यो फिल्ममा मनोज कुमार अधिकारी निर्माता तथा नितिश पुन सह-निर्माता रहेको छन् । जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन र रंग संयोजन छ ।

फिल्ममा भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बू लगायतका कलाकारहरुको अभिनय रहेको छ ।