‘एक्टर: टेक वन’ कार्तिक १५ बाट पोस्टपोण्ड, अब कहिले होला प्रदर्शन ?

फिल्म ‘एक्टर: टेक वन’को प्रदर्शन मिती पोस्टपोण्ड भएको छ । यही कार्तिक १५ गतेबाट प्रदर्शन तय गरेको यो फिल्म अब सो मितिबाट पोस्टपोण्ड भएर आगामी माघ १६ गतेलाई सारिएको हो। अब यो चलचित्र माघ १६ गते प्रदर्शन हुनेछ ।  

राजन भुसालले निर्देशन गरेको फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले ल्मिलेर लेखेका हुन्छ । फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । 

अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। नरेन्द्र मैनालीले छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्। 

हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत रहेको फिल्ममा शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन्। पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् भने रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको छ। फिल्मका द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङ हुन् ।