‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलरमा दु:ख र संघर्ष कथा

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर रिलिज भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । 

गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित यो फिल्मको सार्वजनिक ट्रेलरमा दु:ख, प्रेम र संघर्षलाई प्रस्तुत गरिएको छ ।    

सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

संगीतकार प्रशान्त शिवाकोटीको संगीत दिएका छन् भने हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।

आगामी कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । यो फिल्मलाई देश तथा विदेशमा वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ ।