कस्तो छ ‘ज्वाइँ साब’को व्यापार ?

असोजको २४ गतेबाट रिलिजमा आएको फिल्म ‘ज्वाइँ साब’ हेर्ने दर्शकको अकुपेन्सी बढ्दै गएको निर्माणपक्षले बताएको छ । पाएका शोजहरुमा पनि दर्शकको उच्च चाप भएको निर्माणपक्षको दाबी छ । वर्ड अफ माउथका कारण दर्शकको चाप बढेको प्रस्तुतकर्ता राजकुमार पण्डित बताउँछन् ।

बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्मले सोमबारसम्म आइपुग्दा उत्साहजनक अकुपेन्सी पाइरहेको छ । निर्देशक निरौलाले धेरै हलले शो पनि थपिरहेको जानकारी दिए । फिल्म हेर्ने दर्शकले कलाकार जितु नेपालको कामको तारिफ गरिरहेका छन् । 

फिल्ममा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ । 
निर्माणपक्षले फिल्मको कमाई भने सार्वजनिक गरिसकेको छैन ।