‘फेरि रेशम फिलिलि’को छायांकन सुरु

फिल्म ‘फेरि रेशम फिलिलि’को छायांकन सुरु भएको छ । फिल्मको शुभ साइत गर्दै छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । रौनक बिक्रम कँडेलको निर्माणमा तयार हुन लागेको यो फिल्ममा निरोज महर्जनको लेखन तथा निर्देशन छ ।

फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ । 

सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा एनी थापा सह–निर्माताको रुपमा छिन् । सिनेमा आर्ट्सको प्रस्तुति रहेको फिल्म द मोशन पिक्चर्सको सहकार्यमा बन्नेछ ।

सुजन प्रजापतिको छायांकन रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, निरोज महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।