यस्तो देखियो कलाकारहरुको दशैंको टिका

आज दशैंको अन्तिम दिन अर्थात् विजयादशमी । नेपाली फिल्मका थुप्रै फिल्मकर्मीहरूले दशैंको टीका ग्रहण गरे । आफ्ना मान्यजनहरुको हातबाट फिल्मकर्मीहरूले टीका ग्रहण गरे र आर्शीवाद थापे । सामाजिक संजालमा कलाकारहरूको टीका लगाउँदै गरेको तस्विर सार्वजनिक भएको छ । 

नायक अनमोल केसीले आफ्ना पिता भुवन केसी र परिवारको साथमा दशैंको टीका लगाए । सामाजिक संजालमा सार्वजनिक भएको अनमोलको तस्विरमा उनले आफ्ना पिता, हजुरआमा, काका–काकीको हातबाट टीका लगाएको देख्न सकिन्छ । 


यस्तै, नायक पल शाहले पनि आफ्ना माता र पिताको हातबाट टीका लगाए । 

फिल्म ‘१२ गाउँ’बाट चर्चामा रहेका नायक समीर भट्टले पनि आफ्ना पिता विराज भट्ट र परिवारको साथमा टीका लगाएका छन् ।

नायिका वर्षा राउत, आँचल, शर्मा, ऋचा शर्मा, पूजा शर्मादेखि थुप्रै कलाकारहरूले सामाजिक संजालमा टीका लगाउँदै गरेको तस्विर सार्वजनिक गरेको देख्न सकिन्छ । 

फिल्मको काम र प्रचारको दौडधुपको चटारोबाट फुर्सद मिलाएका फिल्मीकर्मीले दशैँलाई भव्यताका साथ मनाएको देख्न सकिन्छ । 

नायिकाद्धय मनीषा कोइराला र नीति शाहले भने पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाएका छन् ।