प्रकाश सपुतले सके ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ

गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को प्रचार सामाग्री सेयर नगरेको भन्ने गसिप चली रहदा आफ्नो फिल्म "वसन्त" को सुटिङ पूरा गरेर उनले सोमबार  ‘पूर्ण बहादुरको सारङ्गी’ डबिङ सकेको निर्माता प्याट्रिक सुवेदीले जानकारी दिए  ।

प्रकाश सपुतले आफ्नो फिल्म "वसन्त" रिलिज पछि मात्रै रिलिज गर्ने भनी ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गरेको भन्ने प्रोडक्सन टिममा हल्ला चलेतापनी अभिनेता प्रकाश सपुतले यस्को पुष्टिभनेगरेका छैनन् 

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो । सेभेन सित र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

संगीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । फिल्मकाे देश तथा विदेशमा वितरण सेभेन सित इन्टरटेनमेन्टले गर्नेछ ।