कस्तो छ ‘सिंघम अगेन’को ट्रेलर ?

रोहित सेट्टीको निर्देशनमा तयार भएको फिल्म ‘सिंघम अगेन’को ४ मिनेट भन्दा लामो ट्रेलर सार्वजनिक गरिएको छ । 

अजय देवगण, ज्योती देशपाण्डे र रोहित सेट्टीको निर्देशनमा तयार भएको यो फिल्ममा अजय देवगण शीर्ष भूमिकामा छन् । फिल्ममा उनको साथमा करिना कपुर, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपुर र ज्याकी ग्राफको अभिनय छ । स्टारहरूको लामो लाइनअप रहेको फिल्मको ट्रेलर भने औषत छ । 

फिल्मलाई यसपटक धर्मसँग पनि जोडिएको छ । यसपटक ‘रामायण’को कथालाई पनि फिल्ममा जोडिएको छ । रोहित सेट्टीले यसपटक मल्टिस्टारर फिल्म बनाउँदा ‘सिंघम’को सुन्दरता भने विर्सिएको देखिन्छ ।