‘मायाका रङ्गहरु’मा मनिष, पल बाहिरिएका हुन् ?

छायांकनको तयारीमा रहेको फिल्म ‘माया रङ्गहरु’मा नायक मनिष राउतको इन्ट्री भएको छ । उसो त मनिषले केही हप्ता अगाडि नै यो फिल्म साइन गरेका थिए । 

तर, आज निर्माणपक्षले मनिषको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको नयाँ पोष्टरमा उनी लिड भूमिकामा देखिन लागेको जानकारी दिइएको छ । यसअघि फिल्मको लिड भूमिकामा नायक पल शाह थिए । 

पल शाह फिल्मबाट बाहिरिएका हुन् या होइनन् भन्ने पुष्टि भएको छैन । तर, फिल्मका निर्देशक केबल तामाङले नायक पल शाहसँग यो विषयमा कुरा गरिरहेको वुझिएको छ । 

स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, पल शाहले समय दिन आनाकानी गरेपछि  निर्माणपक्षले मनिषलाई लिड भूमिकामा राखेर फिल्म बनाउन लागेको हो । 

यो फिल्मको छायांकन तिहारपछि हुँदैछ । यसैले, निर्माणपक्ष केही हतारोमा देखिएको छ । 

यसअघि फिल्म ‘कल्की’ साइन गरेर पछि पलले छाडेका थिए । यदि, उनले यो फिल्म पनि छाडेको खण्डमा उनको करिअरलाई लिएर भइरहेको टिप्पणीमा थप बल पुग्नेछ ।