ललितपुरमा खुल्यो ‘पनास’ रन वे, गौरीदेखि पूजाले गरे उद्घाटन

ललितपुरको संचय कोषको भवन अगाडि रहेको रोक्का प्लाजामा ‘पनास रनवे’ संचालनमा आएको छ । यसअघि दरबारमार्गमा संचालनमा रहेको यो रन वे कोरोनाका कारण बन्द भएको थियो । अब, भने यो रन वेलाई ललितपुरमा संचालनमा ल्याइएको हो । 

यो रन वेको नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूले एकसाथ उद्घाटन गरेका छन् । नायिका गौरी मल्ल, पूजा शर्मा, नायक पुष्प खड्का, कुन्साङ बोमजम, निर्मात्री पूनम गौतम, गायिका देविका बन्दनाले केक काटेर यो रन वेको शुभारम्भ गरे । 

शुभारम्भपछि नायिका गौरी मल्लले आफूले सधैं नै यही रन वेबाट पहिरनहरू लैजाने गरेको बताइन् । रन वेकी संचालिक स्वेता सिरोहियाले हरेक प्रकारका पहिरनहरू ‘पनास रन वे’मा उपलब्ध भएको बताइन् । 

उनले, आफूहरूले हरेक प्रकारका ग्राहकहरूको रोजाइलाई ध्यान राखेर ‘पनास रनवे’को शुभारम्भ गरेको बताइन् । उनले भनिन्–‘पहिले हाम्रो रन वेमा पहिरनहरू महँगो हुन्छ भन्ने मानिसहरूमा सोच थियो । तर, यसपटक हामीले भारतको महारानी कलेक्शनसँग सहकार्य गरेका छौं । यसैले, भारतमा जुन दरमा पहिरन पाइन्छ, यहाँ पनि सोही दरमा उपलब्ध गराएका छौं ।’

निर्मात्री पूनम गौतमका अनुसार, यी सबै पहिरनहरू भारतको मुम्बई, पुणे, दिल्लीबाट ल्याइएको बताइन् । उनका अनुसार, थुप्रै डिजाइनहरूसँग सहकार्य गर्दै ‘पनास रन वे’ संचालनमा आएको बताइन् ।