‘फिरफिरे फिरिरी’को शिर्ष गीत रिलिज

हरर कमेडी जनरामा निर्माण भएको फिल्म ‘फिरफिरे फिरिरी’को पहिलो गीत रिलिज भएको छ । विन्दबासिनी क्रियशनको ब्यानरमा निर्माण भएको फिल्ममा मनोज कुमार अधिकारीको लगानी छ । सार्वजनिक यो गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत छ ।

भरत अधिकारी, प्रशान्त सिवाकोटी, टीकाराम श्रेष्ठ र रोषा फुयाँलको गीतमा स्वर छ । सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको यो फिल्म कार्तिकको २२ गतेबाट रिलिजमा आउँदैछ । यही फिल्मबाट सन्दिप श्रेष्ठ र भावना उप्रेतीले रजतपटमा डेब्यू गर्दैछन् ।

फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, अनन्त घिमिरेको सम्पादन छ । नविन भट्ट यो फिल्मका निर्देशक हुन् ।