‘ज्वाइँ साब’को ट्रेलर रिलिज

असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को ट्रेलर रिलिज भएको छ । फिल्म रिलिजको एक साता मात्र बाँकी रहँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानीमा बनेको यो फिल्मलाई बसन्त निरौलाले  निर्देशन गरेका हुन् ।

फिल्ममा विजय बस्याल कार्यकारी निर्माताको रुपमा छन् । सविन अधिकारीको कथा रहेको फिल्ममा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी लगायतका कलाकारहरुको अभिनय छ । 

अर्जुन पोखरेल र महेश ताम्रकारको संगीत रहेको यो फिल्ममा संजय थापाको एक्सन, सन्देश शाहको सम्पादन, श्याम तामाङको छायांकन छ । 

फिल्मले एक धनाढ्य परिवारको छोरीका लागि ज्वाइँ खोज्ने कथा भन्छ ।