‘रंगी’को स्क्रिप्ट पूजा, कार्तिक ५ देखि छायांकन

फिल्म ‘रंगी’को स्क्रिप्ट पूजा गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको घटस्थापनाको अवसर पारेर आज कमलादी स्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।

सुरेश न्यौपानेको डेब्यू  निर्देशनमा तयार हुन लागेको फिल्ममा सलोन बस्नेत र पूर्व मिस नेपाल नम्रता श्रेष्ठको मुख्य भूमिका रहनेछ । फिल्ममा दिलिप रायमाझी, आरुषी कार्की, विशाल पहारी, सुमिन गुरुङको पनि अभिनय रहनेछ ।

यो फिल्मको छायांकन कार्तिकको ५ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । यो फिल्मले बाबु  र छोरीको कथा भन्नेछ । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बीसीको संगीत, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी रहनेछ ।