सुखद अकुपेन्सीसहित ‘बेहुली फ्रम मेघौली’ हलमा, प्रिमियरमा ट्याक्टरमा पुगिन् स्वस्तिमा

देशभर ३३५ पर्दामा रिलिजमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले बिहानी शोमा दर्शकको सुखद साथ पाएको छ । साजन काफ्ले र आकाश बरालको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मले बिहानी शोमा देशभरका हलमा सुखद अकुपेन्सी बटुलेको हो । मध्यान्नको शोबाट दर्शकको चाप अझै बढ्ने प्रक्षेपण गर्न सकिन्छ । 

यो फिल्मको बुधबार बेलुकी भक्तपुरको क्यूएफएक्स हलमा प्रिमियर समेत गरिएको छ । प्रिमियरमा केही फिल्मीकर्मीहरु पुगेका थिए । प्रिमियरमा नायिका स्वस्तिमा खड्का ट्याक्टर चलाएर पुगेकी थिइन् । स्वस्तिमाको यो शैलीको उपस्थिती प्रिमियरको मुख्य हाइलाइट बनेको छ । 

निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण तथा मुख्य भूमिका रहेको यो फिल्ममा बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारहरूको पनि अभिनय छ । 

प्रिमियरमा पुगेका अधिकांश फिल्मकर्मीहरूले ‘बेहुली फ्रम मेघौली’को खुलेर तारिफ गरे । विशेषगरि, फिल्मको पटकथा, कलाकारहरुको अभिनय, क्लाइमेक्सको अधिकांशले प्रशंसा गरे । 

कलाकारहरू हरिवंश आचार्य, निरुता सिंह, सलिनमान बनियाँ, सलोन बस्नेत, निर्देशक शोभित बस्नेतले यो फिल्मको खुलेर तारिफ गरे । 

प्रिमियरबाट पाएको प्रशंसाले स्वस्तिमा र निश्चल दंग देखिएका छन् । फिल्मले बक्स अफिसमा आक्रामक सुरुवात गर्ने प्रक्षेपण वितरक डीसीएन कम्पनीले गरेको छ ।