‘बेहुली फ्रम मेघौली’लाई हालसम्मकै उच्च शो

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले हालसम्मकै उच्च शो पाएको वितरण कम्पनी डीसीएनले दाबी गरेको छ ।
भोलि बिहिबारदेखि रिलिजमा आउन लागेको यो फिल्मलाई देशभरका मल्टिप्लेक्सले उच्च शो दिएका छन् ।
वितरण कम्पनी डीसीएनका प्रमुख अशोक शर्माका अनुसार, फिल्मले देशभर ३३५ शो पाएको छ । यती धेरै शो, हालसम्म कुनै पनि नेपाली फिल्मले नपाएको डीसीएनको दाबी छ । डीसीएनका अनुसार, नाम चलेका ब्रान्ड फिल्मले पनि यति धेरै शो एकसाथ पाएका थिएनन् ।
शर्माका अनुसार, भोलि फिल्मले राम्रो व्यापार गरेको खण्डमा शुक्रबारबाट अझै शो बढ्नेछ । उनले भने–‘नेपाली फिल्म नै नलाग्ने हलहरुबाट पनि यो फिल्मलाई लिएर चासो बढेको छ । भोजपुरी, हिन्दी फिल्म मात्र लाग्ने भेगबाट पनि यो फिल्मको लागि माग आएको छ ।’
स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माणमा आकाश बराल र साजन काफ्लेले निर्देशन गरेको यो फिल्मले भोलि बिहिबार बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
फिल्ममा स्वस्तिमा र निश्चल नै मुख्य भूमिकामा छन् । फिल्मले ३० बर्ष पुगेकी एक युवतीको बिहेको कथालाई रमाइलो तरिकाले प्रस्तुत गर्छ ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया