‘ज्वाइँ साब’मा जितुको यस्तो गेटअप

असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’मा कलाकार जितु नेपाल मुख्य भूमिकामा छन् । उनै, जितुको एक नयाँ तस्वीर सार्वजनिक गरिएको छ । जहाँ, उनी बुड्यौली गेटअपमा देखिएका छन् ।

उनलाई पोष्टरमा गोवद्र्धन पण्डितको रुपमा चित्रित गरिएको छ । उनको यो गेटअपले फिल्ममा कतै उनी दोहोरो चरित्रमा त छैनन् भन्ने उत्सुकता दर्शकलाई बढेको छ ।

राजकुमार पण्डितको प्रस्तुतीमा तयार भएको फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, हिमेश पन्त लगायतका कलाकारहरुको अभिनय छ ।