‘१२ गाउँ’को ट्रेलरमा विराज र समिरको एक्सन

असोजको २४ गते फूलपातिबाट रिलिजमा आउन लागेको फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट भन्दा लामो ट्रेलरमा एक्सनलाई महत्वपूर्ण स्थान दिइएको छ । फिल्मका मुख्य नायक विराज भट्ट र नव–नायक समीर भट्टको एक्सन ट्रेलरको हाइलाइट हो । 

फिल्ममा सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतका कलाकारहरुको अभिनय छ । 

फिल्ममा अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, महेश पौडेल र राजु लामाको डीओपी, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

के.एल प्रविनले फिल्मको एक्सन सम्पादन गरेका हुन् । विराज भट्टको निर्देशनमा तयार भएको यो फिल्मलाई सारास्वरी भट्टले निर्माण गरेकी हुन् ।