गोविन्दालाई गोली लाग्यो
बलिउड नायक गोविन्दालाई गोली लागेको छ । उनलाई आफ्नै बन्दुकबबाट गोली लागेको हो । भारतीय मिडियाका अनुसार, आफ्नो बन्दुक सफा गरिरहेको समयमा गोविन्दालाई गोली लागेको हो ।
आज बिहान ५ बजे गोविन्दालाई खुट्टामा गोली लागेको मिडियाले उल्लेख गरेका छन् । गोविन्दालाई तत्काल आइसियूमा भर्ती गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
गोविन्दालाई कृती केयर अस्पतालमा भर्ना गरिएको छ । गोविन्दाका म्यानेजरले बताएअनुसार, उनी कोलकत्ता जाने तयारीमा थिए । आफ्नो लगेजमा लाइसेन्स लिएको बन्दुक राख्ने क्रममा तल झरेको र गोविन्दाको खुट्टामा लागेको म्यानेजरले भारतीय मिडियालाई बताएका छन् ।
प्रतिक्रिया