दया र सौगातसँग फेरि काम गर्न उत्साहित रिश्मा

नायिका रिश्मा गुरुङ नयाँ फिल्मको छायांकनका लागि नेपाल आइपुगेकी छिन् । लामो समयदेखि श्रीमान्सँग अमेरिकामा बस्दै आएकी रिश्मा यो फिल्मको कथावस्तु मन परेपछि जोडिएकी थिइन् । उनले भनिन्–‘म लामो समयपछि फिल्मको पर्दामा फर्किँदैछु ।

विशेषगरि, रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । यस्तै, फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित भएकी हुँ ।’

खिलबहादुर गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्मलाई वीर बहादुर घलेले निर्माण गर्दैछन् । फिल्मको छायांकन असोज २८ गतेबाट गोरखाको सिरानचोकाट सुरु हुनेछ ।

फिल्ममा कविता आले, माओत्से गुरुङ पनि मुख्य भूमिकामा छन् । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई घटस्थापनाको दिन शुभसाइत गर्ने तयारी निर्माणपक्षसँग छ ।