वृत्तचित्र 'गल्कोट'को पोखरामा बिशेष प्रदर्शन

गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यकटिय गन्तब्य वाग्लुङ्ग जिल्लाको एतिहासिक वृत्तचित्र 'गल्कोट: अ ल्याण्ड विथ हिडन ग्लोरी'को पोखरामा बिशेष प्रदर्शन सम्पन्न भएको छ। असोज ८ गते गलकोट समाज पोखराको आयोजनामा ८० मिनेट लामो वृत्तचित्र प्रदर्शन गरिएको हो। 

यो वृत्तचित्र मार्फत गलकोट क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय सम्पदालाई चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै गलकोट समाज पोखराका अध्यक्ष राधिका खत्रीले निर्माता तथा सम्पादक ध्रुवराज पराजुलीलाई सम्मान गरेको हो । 

गलकोट समाज पोखराका सचिव तथा उक्त्त वृत्तचित्र प्रदर्शनी कार्यक्रमका संयोजक बविन नेपालले कार्यक्रम सफल भएको र आगामी दिनमा पनि समाजले यस्ता गतिबिधिलाई निरन्तरता दिने बताए । 

अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलु काजि थापाले वृत्तचित्रले गलकोट क्षेत्रको समग्र पक्षको उजागर गरेकोले भोलिका दिनमा गलकोट बासीलाई यसको अझ महत्व हुने र यस वृत्तचित्रले गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन समेत सहयोग हुने कुरा बताए।  वृत्तचित्र हेरिसकेपछि दर्शकहरुले पनि यो राम्रो बनेको र सबैले हेर्नुपर्ने प्रतिक्रिया दिएका थिए। 

४ वर्ष लामो मेहेनतमा यु एस वि सेवाको ब्यानरमा बनेको एतिहासिक वृत्तचित्रलाई हाल जापानमा बसेर कलाकारिता गर्दै आएका गलकोटकै आकाश युएसवि थापाले निर्माण तथा निर्देशन गरेका हुन्। यस अघि जापानको विभिन्न सहरमा 'गलकोट' डकुमेन्ट्रीको सफल प्रदर्शन भैसकेको छ ।