फ्राइडे रिलिज अन्तर्गत हलमा 'सानो संसार र आँखा'

आज शुक्रबारबाट दुई नेपाली फिल्म 'सानो संसार र आँखा' सार्वजनिक प्रदर्शनमा आएको छ । निर्माता अर्जुन कुमारले निर्माण गरेको सानो संसार मध्यवर्गीय परिवारको कथामा निर्माण गरिएको फिल्म हो ।

त्यस्तै, जौन योन्जनको लेखन, निर्देशन र निर्माण रहेको यो फिल्मले सुकुम्बासी बस्तीमा बस्दै आएको एक दम्पतीले जीवन चलाउन गरेको संघर्ष र दुःखको कथा बोल्छ । 

सानो संसार: बुधबार काठमाडौंको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तुदेखि कलाकारहरुको अभिनयको खुलेर तरिफ गरेका थिए ।  । सिद्धार्थ पुडासैनीले निर्देशन गरेको यो फिल्मको कार्यकारी निर्मातामा माधव वाग्ले छन् । फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । फिल्ममा प्रवीन खड्काको छायांकन तथा रोमी मोसेस तन्डुकारको सम्पादन छ । निर्देशक पुडासैनीको यो देब्यु निर्देशन हो ।  

फिल्ममा केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको अलावा राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ । 

आँखा : ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा नारायणप्रसाद बराल कार्यकारी निर्माता, रेनुका कार्की ढोली सह-निर्माता तथा राम बस्नेत लाइन प्रोड्यूसरमा छन् । 

अलोक शुक्लाको छायांकन रहेको फिल्ममा स्मिता र आरकेसहित निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् ।