निखिल उप्रेतीले गरे नयाँ हेयर ट्रान्सप्लान्ट

नेपाली फिल्म क्षेत्रका सदाबहार नायक निखिल उप्रेतीले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गरेका छन् । उनले दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा सर्जन डा.रूपक घिमिरे मार्फत नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । 

फिल्मको सुटिङमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले आफ्नो कपालमा समस्या देखिएपछि आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा उनले कपाल राेपेको बताए । 

‘डा.घिमिरेसँग हेयर कन्सल्ट गरिरहेका निखिलले आवरणमा अनुभवी सर्जन डाक्टरहरूसँगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफूले हेयर ट्रान्सप्लान्ट गरेको बताए । अभिनेता समेत रहेका सर्जन घिमिरेले आफ्नो क्लिनिकमा हेयर ट्रान्सप्लान्ट सर्वसुलभ मूल्यमा उपलब्ध हुने जनाए । 

नयाँ फिल्म निर्देशन तथा निर्माणको तयारीमा रहेका निखिल अबको ६ महिनापछि नयाँ हेयरका साथमा पर्दामा देखिनेछन् । बुझिएअनुसार उनी नयाँ कपालसहित नयाँ फिल्म लिएर आउने तयारी गरिरहेका छन् ।