ऋचाको ‘सारंग’को फस्टलुक सँगै प्रदर्शन घोषणा

प्रशान्त तामाङको निर्देशन रहेको  फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनीक गरिएको छ । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको यो फिल्मको बिहीवार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिती घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा,बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्मलाई टि फल्क फिल्मस्ले बितरण गर्ने छ । कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्तको निर्देशनमा यो डेब्यु हो ।

आगामी मंसिर ७ गतेलाई प्रदर्शन घोषणा गरेको यो फिल्ममा समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसी,बिश्व स्याङ्वो, प्रभातजंगलगायतको समेत अभिनय रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्,संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने बिश्वास निर्देशक तामाङको छ ।