कस्तो रह्यो ‘सानो संसार’को प्रिमियर ?

भोली शुक्रबार अर्थात असोज ११ गतेबाट प्रदर्शन हुने फिल्म ‘सानो संसार’को काठमाडौंमा प्रिमियर गरिएको छ। यो फिल्मको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियरको आयोजना गरिएको हो । प्रिमियर समारोहमा कलाकार तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । 

प्रिमियर हेरेका अधिकांशले यो फिल्मको कथावस्तुदेखि कलाकारहरुको अभिनयको खुलेर तरिफ गरे । मध्यवर्गीय परिवारको कथामा निर्माण गरिएको यो फिल्म सोचेभन्दा राम्रो बनेको बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसीले फिल्म एकदमै राम्रो बनेको र फिल्मको पोस्टरले भन्दापनी फिल्म हेरेपछि आफ्नो ध्यान तानेको बताए । यो फिल्म हेरेपछि आफु निकै चकित र उत्साहित भएको उनको भनाइ थियो ।

त्यस्तै, अभिनेता जितु नेपालले एउटा राम्रो फिल्म हेर्न पाएकोमा खुशी व्यक्त गरे । नयाँ कलाकारलाई लिएर राम्रो फिल्म बनाएकोमा उनले निर्देशकलाई ‘सलुट’ गर्दै उनले भने, ‘मलाई यो फिल्मले ‘लुट’ले जसरी ट्रेन्ड परिवर्तन गर्न सक्छ जस्तो लाग्छ ।’

निर्देशक ज्ञानेन्द्र देउजाले पनि फिल्मको तारिफ गर्दै फिल्मलाई सान्दर्भिक, सार्थक र यथार्थपरकको संज्ञा दिए । उनको यो फिल्मलाई एउटा अर्गानिक बनेको बन्दै कलाकारको अभिनयको खुलेरै तारिफ गरे ।   

निर्माता अर्जुन कुमारले कम बजेटमा पनि एउटा उत्कृष्ट र मर्मस्पर्शी फिल्म निर्माण गरेको फिल्म हेरेकाहरुको प्रतिक्रिया थियो । यो फिल्मको विहिबारदेखि नै प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम बुकिङ खुलाएका छन् । 

सिद्धार्थ पुडासैनीको निर्देशन गरेको यो फिल्मको कार्यकारी निर्मातामा माधव वाग्ले छन् । फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । फिल्ममा प्रवीन खड्काको छायांकन तथा रोमी मोसेस तन्डुकारको सम्पादन छ । निर्देशक पुडासैनीको यो देब्यु निर्देशन हो ।  

फिल्ममा केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको अलावा राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ ।