‘नरसिंहाः अवतार’को शुभमुहूर्त संगै सुटिङ सुरु
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एन.एफ.डि.सि स्टुडियो बालाजुमा मुहूर्त सम्पन्न गरिएको हो ।
एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।
शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो।
निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउदै भने, 'यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो।' उनले भने।
निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकोले आफु यो फिल्मको निर्माणमा जोडीएको बताए । त्यस्तै, महानायक हमालले यो फिल्मको स्टोरी आफुले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुन : फिल्ममा फर्किएको बताए ।
यो फिल्मका नायक राज कटुवालले आफुले सानै बेलादेखी नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर उहा संगै फिल्ममा खेल्न पाउदा आफु निकै उत्साहित रहेको बताए ।
फिल्मकी अभिनेत्री नीति शाहले आफुलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफु यो फिल्मको टिमसँग जोडीएको बताउदै भनिन्,'मलाई राजेश हमालले पहिल्यैदेखी नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँ सँगै काम गर्न पाउदा एकदमै खुशी लागेको छ ।'
फिल्मकी अर्की नायिका सनिशा भट्टराईले भनिन्, 'मेरो बुवा उहाको फ्यान भएको कारण मैले पनि उहाको फिल्म बच्दैदेखी हेर्दै आएको थिए। अहिले उहासँग एउटै फिल्ममा काम गर्न पाउदा उत्साहित छु।, उनले भनिन् ।
आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, नीर शाह, सरोज खनाल, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, राजीव मानन्धर(टार्जन), शुसान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुवँर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ, दीपा शाही, प्रभु श्रेष्ठ, एभलिना खड्का, समाइरा थापा मगर, दीपेन्द्र सिम्खडा, दिनेश शाहीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको बबाल कमब्याक हुँदैछ । उनले यो फिल्मको लागि केही समयदेखी आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् । आठ वर्ष भन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्म क्षेत्र तात्तिएको छ भने हमाल पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।
त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मलाई निर्माता ध्रुव न्यौपाने, नरेन्द्र महर्जन र परशुराम बस्नेतले सयुक्त रुपमा निर्माण गर्दैछन् । यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । निर्देशक भट्टराई र पन्तले यसअगाडि फिल्म क्याप्टेनमा एकसाथ सहकार्य गरेका थिए । ८ वर्षपछि बाहिरी ब्यानरका फिल्ममा काम गरेका पन्तको निर्देशन रहेको फिल्म 'ह्रस्व दीर्घ' प्रदर्शनको तयारीमा छ ।
यो फिल्ममा शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत, शाहिल खानको सम्पादन, राजु विक्रम थापाको छायांकन' कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफि र वसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहनेछ। यो फिल्मलाई एफडी कम्पनी, रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।
प्रतिक्रिया