बाढीका कारण अपर मुस्ताङमा ‘एक्लो’ को सेटमा क्षति, लाखौँको घाटा
प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्लो’को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ ।
गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको यो फिल्मको लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको थियो । बाढीले सम्पूर्ण सेटमा क्षति पुर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए। बाढीले सेट बगाउँदा निर्माण टिमलाई ठुलो आर्थिक घाटा भएको सुबेदीको भनाइ छ ।
निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ ,भाइराजा थापा, नवीन सिवा र बागवीर पुन सयुक्त रुपमा लगानी गरेको फिल्ममा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।
प्रदीप शाहीको निर्देशनमा निर्माण भएको यो फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरिरहेका छन् । फिल्ममा हलिउड कलाकार जेमी बेकम,प्रदीप खड्का, बेनिसा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एभन राज उप्रेती,कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।
प्रतिक्रिया