‘ज्वाइँ साब’को चर्चा चुलिरहँदा बाहिरियो क्लाइमेक्सको दृश्य
असोज २४ गते फूलपाती बाट प्रदर्शन हुने फिल्म ‘ज्वाइँ साब’को चचा चुलिएको छ । फिल्मको सार्वजनिक पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को बाट चर्चा चुलिरहँदा फिल्मको क्लाइमेक्सको दृश्य बाहिरिएको हो ।
फिल्मको सार्वजनिक क्लाइमेक्स दृश्यमा त्रिभूवन विमानस्थलमा प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिएका छन् । उनले निलो ब्याग, पासपोर्ट पनि बोकेका छन् । उनको पछाडि फिल्मकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् ।
भिडियोमा जितुलाई बिदाई गरेर नीति हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरुको प्रतिनिधित्व गरेको छ ।
यो फिल्मको निर्देशक बसन्त निरौला क्यामरा विभागको टिमसँग प्रस्तुत भएका छन् । फिल्मको यो दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’लगायतको पनि अभिनय छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया