बालगायक मृदुल राठिको बुवा आमाप्रति समर्पित गीत ‘मेरो मन्दिर’

बालगायक मृदुल राठिको पहिलाे गीत ‘मेरो मन्दिर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बालगायक राठिको स्वर, अमित क्षेत्रीको शब्द, संगीत रहेको गीतलाई सुरशाला युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो ।

हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित उक्त म्युजिक भिडियोमा बालगायक राठिकै बुबा आमाको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् भने सिनेमेटोग्राफर निसल पाैडेल रहेका छन् ।

भिडियाे र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्ताप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावककाे प्रेमप्रति देखाएकाे सम्मानलाई झल्काएको छ । बालगायक राठिले उक्त गीत हजुरबुबा शखरलाल राठिप्रति समर्पित गरेका छन् ।