ऐश्वर्या रायको 'ताल' २५ वर्षपछि पुन: प्रदर्शन हुने

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको २५ वर्ष अगाडि रिलिज भएको फिल्म 'ताल' पुन: रिलिज हुने भएको छ। उनको यो फिल्म २५ वर्षपछि हलमा रिलिज हुन लागेको हो।

यो फिल्म म्युजिकल लभ स्टोरी फिल्म हो। जसमा ऐश्वर्या राय बच्चन, अनिल कपूर र अक्षय खन्नालगायत कलाकारको अभिनय छ। 

निर्देशक सुभाष घईले सामाजिक सञ्जाल मार्फत एक पोस्ट सेयर गर्दै यो फिल्मलाई पुन: रिलिज गर्न लागेको जनाएका हुन्। निर्देशक घईलेका अनुसार दर्शकको उच्च माग आएपछि पुन: एकपटक हलमा रिलिज हुने भएको हो। 

सन् १९९९ मा रिलिज भएको यो फिल्म २७ सेक्टेम्बरदेखि हलमा रिलिज हुनेछ। वर्षको हिट फिल्म सावित भएको फिल्मले त्यसताका २२ करोड भारू कमाएको थियो।