जुनियर एनटीआरको 'देवरा' को प्रि-रिलिज अन्तिम क्षणमा रद्द

जुनियर एनटीआर, जान्हवी कपूर र सैफ अली खान जस्ता कलाकारहरुको अभिनय रहेको फिल्म ‘देवरा’ को सबै जना उत्सुकताका साथ पर्खिरहेका छन् । 

यसै सम्बन्धमा हैदरावादमा एउटा कार्यक्रम आयोजना हुने थियो, जसमा जुनियर एनटीआर पनि सहभागी हुने थिए तर यो प्रि-रिलिज कार्यक्रम रद्द गरियो, त्यसपछि जनता आक्रोशित भए । निराश फ्यानका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

पिंकभिल्लाको रिपोर्टका अनुसार जुनियर एनटीआरले यो कार्यक्रममा उपस्थित हुने भनिएको थियो तर कार्यक्रममा यति धेरै भीड जम्मा भयो कि सुरक्षा कारणले शो रद्द गर्ने निर्णय लिनुपरेको थियो। जुनियर एनटीआरका फ्यानहरू चारैतिरबाट अडिटोरियमभित्र पस्ने प्रयास गरिरहेका थिए ।

यस कार्यक्रममा चलचित्र निर्माता त्रिविक्रम पनि सहभागी हुने भनिएको थियो तर भीड देखेर उनले पनि आफ्नो कदम फिर्ता लिए । भाइरल भिडियोमा जुनियर एनटीआरलाई देखेर फ्यानहरू कत्तिको उत्साहित थिए, तर उनी नआएपछि सबै निराश छन् ।

फिल्म ‘देवरा’ लाई शिव कोरतलाले निर्देशन गरेका हुन् । सैफ अली खान भैराको भूमिकामा देखिनेछन् भने जान्हवी कपूर जूनियर एनटीआरको साथ थंगमको भूमिकामा देखिनेछन्। फिल्म सेप्टेम्बर २०२४ मा तेलुगु, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुने तय छ। यो फिल्म दुई भागमा रिलिज हुनेछ ।

जुनियर एनटीआरले एक अन्तर्वार्तामा यो फिल्म दुई भागमा रिलिज गर्ने उद्देश्य नभएको तर छायांकन अघि बढ्दै जाँदा कथाका कारण दुई भागमा मात्रै रिलिज हुने बुझिएको बताए ।