'एक्टरः टेक वान'को तीन नयाँ पोस्टरमा प्रदीप, आना र दिव्याको रोमान्स

राजन भुसालको निर्देशन रहेको फिल्म 'एक्टरः टेक वान'को तीन नयाँ पोस्टरहरु सार्वजनिक गरिएको छ । रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेको यो फिल्मको एकसाथ तीन पोस्टरहरू सार्वजनिक गरिएको हो। 

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू प्रदिप खड्का, आना शर्मा र दिव्या रायमाझी फिचर्ड छन् । फिल्मको पहिलो पोस्टरमा प्रदिप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदिपसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ।

सार्वजनिक यी पोस्टरहरु हेर्दा यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको बुझ्न् सकिन्छ । थम्मन कुमार भण्डारीको निर्माण रहेको यो फिल्ममा प्रदिप, आना र दिव्यासहित राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौला लगायत कलाकारहरूको अभिनय छ।

आकाश बराल र राजन भुसालको संयुक्त रूपमा लेखन रहेको यो फिल्म आगामी कार्तिक १५ लक्ष्मी पूजामा रिलिज हुनेछ । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा अनिश भुसाल सह–निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्।