‘बलिदान’ देशका लागि सुन्दर उपहार हो : हरिवंश आचार्य

चर्चित अभिनेता हरिवंश आचार्यले 'बलिदान' फिल्म बाट उत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् । चलचित्र विकास बोर्डले संविधान दिवसको अवसरमा उनलाई सांस्कृतिक रुपान्तरण पुरस्कार-२०८१ प्रधान गरेको हो । 

अभिनेता आचार्य अभिनित यो फिल्मबाट उनले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका हुन् । शुक्रबार बिहान सांस्कृतिक रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ बाट आचार्यलाई पुरस्कार प्रदान गरेको छ ।

सांस्कृतिक रुपान्तरण पुरस्कार-२०८१ बाट कुनैबेलाको लोकप्रिय यस फिल्मका निर्माता, निर्देशक, अभिनेता र संगीतकारलाई पनि पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार ग्रहण गर्दै गर्दा आचार्यले ‘बलिदान’ देशका लागि सुन्दर उपहार भएको बताए । यो फिल्मलाई लिएर त्यतिबेला कम्युनिस्ट सरकारले बनाएको फिल्म हो भनेर हल्ला चलेको समेत उनले बताए ।