‘नरसिंहा अवतार’ मा राजेश हमालको लुक्स यही हो ?
फिल्म ‘नरसिंहा अवतार’ मार्फत महानायक राजेश हमालले सात वर्षपछि फिल्ममा कमब्याक गर्दैछन् । यो फिल्मका निर्देशक दिवाकर भट्टराईले हमाललाई कमब्याक गराउन लागेका हुन् ।
लामो समयपछि फिल्ममा कमब्याक गर्न लागेका हमाल ‘नरसिंहा अवतार’मा नयाँ लुक्समा प्रस्तुत हुँदैछन्। यही साताभित्र छायांकन सुरु हुने यो फिल्मका लागि हमालले फरक लुक्स बनाइरहेका छन् ।
बिहीवार काठमाडौंको एक कार्यक्रममा देखिएका हमाल सेतो दाह्रीवाला नयाँ लुक्समा थिए । राजेशको यो लुक्स देखेपछि केही मिडियाले प्रश्न गरे। तपाईंको यो लुक्स फिल्मकै लागी हो ? हमालले मिडियालाई जवाफ दिदै भने, ‘हो फिल्मकै लागी यो लुक्स बनाएको हुँ । सम्पूर्ण गेटअप त तयार गर्नै बाँकी छ। तर यो अलिअलि दाह्री पालेको नरसिंहा फिल्मकै लागि हो । सो फिल्मको केही हिस्साको लागि हो ।’
उनले लामो समयपछि फिल्ममा काम गर्न पाउँदा आफु निकै उत्साहित रहेको समेत बताए । यो फिल्म मार्फत नेपाली फिल्म क्षेत्रमा आफुले डेब्यु गर्न लागेको जस्तो महसुस भएको बताउदै उनले भने, ‘मैले तिसौं बर्ष फिल्ममा काम गरेपनि अहिले मलाई त्यो अनुभव भन्दा पनि नव कलाकार हुँ जस्तो लागेको छ ।’
यो फिल्ममा सनिशा भट्टराई, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार लगायत अन्य थुप्रै कलाकारहरूको अभिनय रहनेछ ।
प्रतिक्रिया