'खुस्मा'को बम्पर ओपनिङ

बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’को पहिलो दिन हाउसफूल ब्यापार गरेको छ । पहिलो दिन बिहानी शोज हाउसफुल भएपछि फिल्मका मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए। 

वितरक गोविन्द शाहीका अनुसार फिल्मको बिहानी शोमा देशका विभिन्न शहरका केही मल्टीप्लेक्स हलबाट हाउसफूल व्यपारको सुरुवात गरेको हो । दिउँसोका अधिकांश शोमा ६० देखि ८० प्रतिशत माथि अकुपेन्सी रहेको भएपनि त्यसमध्येका धेरै शोहरु हाउसफूल भएको बताए । फिल्मले राम्रो सुरुवात गरेसँगै केही हलले साँझ र रातिका शो समेत बृद्धि गरेको वितरक शाहीको दाबी छ ।

काठमाडौं उपत्यका र मोफसफका ठुला शहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी नेपालका धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोड लगायतका शहरमा बिहानी शोबाट नै दर्शकको चाप बढेको हो। 

फिल्म हेरेका अधिकांश दर्शकले कथावस्तु र कलाकारको अभिनयको तारिफ गरेका छन् । जसको प्रत्यक्ष फाइदा आज शुक्रबारलाई मिल्ने निश्चित देखिएको छ । 

त्यस्तै, आज शुक्रबारका लागि देशभरका मल्टीप्लेक्सदेखि सिगंल स्क्रिनसम्मले यो फिल्मको शोज थपेको छ् । बिहीबार करिब दुई सय शो पाएको फिल्मले शुक्रबारका लागि तीन सय आसपासमा शोज पाएको वितरक शाही बताए । दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण शनिबारको व्यापार आक्रामक हुने विश्वास वितरकको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । यो फील्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेकोछ।  

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमको कथा पेश गर्छ । फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । 

छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

धिरज र उपासनाका साथ फिल्ममा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।