'बिनोद' बन्दै सौगात

स्काइफल फिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ फिल्म 'बिनोद'को घोषणा भएको छ । अभिनेता सौगात मल्लको प्रमुख भूमिका रहने यो फिल्मको बिहीवार औपचारिक घोषणा गरिएको हो । 

बलिराम चौहानको निर्देशनमा बन्न लागेको यो फिल्म पौराणीक कथामा आधारित् रहने जनाइएको छ । निर्माण टिमले फिल्म घोषणा गरेसङै यसको थिम पोस्टर पनि सार्वजनिक गरेको छ । 

२०२५ मा प्रदर्शन लक्ष्य राखेको यो फिल्मको सार्वजनिक पोस्टरमा भगवान शिवको अवतारमा पछाडिको भाग प्रस्तुत गरिएको छ । लामो कपालमा उभिरहेको शिव भगवान जस्तो देखिने व्यक्तिलाई कसैले पछाडिबाट छुरा प्रहार गर्न खोजेको जस्तो देखिन्छ ।