सुखद ओपनिङका साथ हलमा धिरज र उपासनाको 'खुस्मा'

आज असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर फिल्म 'खुस्मा' सार्वजनिक प्रदर्शनमा आएको छ । मंगलबार काठमाडौंमा भव्य प्रिमियरको आयोजना गरेको यो फिल्मले उत्कृष्ट प्रतिक्रियाका साथ तारिफ बटुलेको थियो । 

अशोक थापा मगरको निर्देशमा तयार भएको यो फिल्मको मुख्य भूमिकामा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिङ ठकुरी छन् । प्रिमियरमा पासनाको र धिरजको अभिनयको पनि खुबै तारिफ भएको थियो। 

सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको यो फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो। यो फिल्ममा लेखन निर्देशक अशोक थापा मगरकै रहेको छ। 

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेम बोल्छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

यो फिल्ममा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगरको निर्माण रहेको यो फिल्मको सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । दिपक बज्राचार्यको छायांकन रहेको यो फिल्मको गीत 'रुकुमै कोट' सर्वाधिक हिट छ।