कंगना रनौतले विवाहको संकेत गरेकी हुन् ?

अतिबेला बलिउड अभिनेत्री कंगना रनौत फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । यसैबिच उनले न्युज १८ लाई एक अन्तर्वार्ता दिएकी छिन् । 

म्युज १८ सँगको अन्तर्वातामा कंगना रनौतले आफू बिहे गर्न चाहेको बताएकी छिन् । आफ्नो विवाहको विषयमा मौनता तोडेकी कंगनालाई यो सांसदको कार्यकालमा बिहे गर्ने हो भनेर सोधियो, यसबारे कंगनाले भनिन्, ‘’आशा छ, किनभने यसपछि बिहे गरेर कुनै फाइदा छैन । यो सांसदको कार्यकालमा बिहे गर्छु ।’’

उनलाई कहिले विवाहको अपेक्षा गर्न सक्छिन् भनेर गरिएको प्रश्नमा जवाफ दिँदै उनले हाँस्दै भनिन, ‘पहिले मेरो फिल्म रिलिज गर, त्यसपछि अर्को पटक भन्छु ।’ किनकी उनको फिल्म अहिलेसम्म रिलिज भएको छैन । 

उनलाई चिराग पासवानको बारेमा सोधिएको प्रश्नमा कंगनाले भनिन्, ‘हामीबीच त्यस्तो केही छैन, उनी मेरो असल साथी हुन् । हामीले सँगै फिल्म पनि गरेका छौं, उहाँ एकदमै नम्र व्यक्ति हुनुहुन्छ ।’

उनको यो फिल्म ६ सेप्टेम्बरमा रिलिज हुने तय भएको थियो । तर सेन्सर बोर्डबाट सर्टिफिकेट पाएपछि यो फिल्म रिलिज हुनुभन्दा ४ दिनअघि नै रद्द भएको थियो ।