कंगना रनौतलाई फेरी अर्को समस्या, बेचिन अफिस

बलिउड अभिनेत्री कंगना रनौत फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । फिल्म अहिलेसम्म रिलिज भएको छैन । तर चण्डीगढ जिल्ला अदालतले उनको फिल्मलाई लिएर नोटिस जारी गरेको छ ।

बार एसोसिएसनका पूर्वअध्यक्ष अधिवक्ता रविन्द्र सिंह बस्सीले निवेदन दिएका छन् र कंगनाले आफ्नो फिल्ममा सिखहरूको छवि खराब गर्ने प्रयास गरेको दाबी गरेका छन्।

वास्तवमा कंगना रनौतको ‘इमर्जेन्सी’ ६ सेप्टेम्बरमा रिलिज हुने तय भएको थियो । तर सेन्सर बोर्डबाट सर्टिफिकेट पाएपछि यो फिल्म रिलिज हुनुभन्दा ४ दिनअघि नै रद्द भएको थियो । ‘न्युज १८’ को एक कार्यक्रममा उनले भनिन्, ‘यो फिल्मका लागि मैले आफ्नो व्यक्तिगत सम्पत्ति दाउमा लगाएकी थिएँ ।

सिनेमा हलमा देखाउन लागिएको थियो तर अहिले रिलिज हुन सकेको छैन । त्यसकारण, यो सम्पत्ति हो जुन कठिन समयमा बेच्न सकिन्छ। यस महिनाको सुरुमा, अभिनेत्री तथा फिल्म निर्माता कंगनाले मुम्बईको बान्द्रास्थित पाली हिलमा रहेको आफ्नो बंगला ३२ करोड भारुमा बेचेको खबर आएको थियो ।