अजय र दीपिका स्टारर ‘सिंघम ३’ लक्ष्मीपूजामा आउने

रोहित सेट्टीको फिल्म ‘सिंघम ३’ लक्ष्मीपूजामा रिलिज हुने पक्का भएको छ । भारतीय चर्चित मिडिया र सम्पादक तथा व्यापार विश्लेषक तरण आदर्शका अनुसार अब यो फिल्म दीपावलीमा रिलिज गर्ने पका गरिएको हो। 

बलिउड अभिनेता अजय देवगण र दीपिका पादुकोणको प्रमुख भूमिका रहेको यो फिल्मको मंगलबार मात्रै रिलिज मिती पक्का गरिएको हो। अब ‘सिंघम ३’ यही मितिमा आउने भएपछि बलिउड बक्स अफिसमा फिल्म ‘भुलभुलैया ३’ सँग मज्जाको भिडन्त हुने पक्का छ । 

यही मितिमा नेपाली फिल्म 'पूर्णबहादुरको सारंगी' र 'एक्टर' एकसाथ रिलिज हुनेछ । रोहितको कप युनिभर्सको अघिल्ला भागले नेपालमा राम्रो कमाइ गरेका छन् ।