सिमोसको ‘अज्ञात’मा नीति शाह फाइनल

सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘अज्ञात’मा नायिका नीति शाह फाइनल भएकी छिन् । यो फिल्मको लागि नीति सँग मौखिक रुपमा सम्झौता भएको र अब चाडै लिखित सम्झौता गरिने निर्माण पक्षले जनाएको हो।

निर्माणपक्षले यसअघि यो फिल्मका लागि अभिनेता द्वय सौगात मल्ल र अनुप विक्रम शाहीलाई अनुबन्धित गरिसकेको छ । फिल्म निर्माण टिमले केही दिनअघि मात्र चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको थियो। 

आगामी माघपछि छायांकन सुरु हुने यो फिल्मलाई २०८२ सालको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा निर्माणपक्षले गरेको छ । कर्म पिङ्की भुटियाको निर्माण रहने फिल्ममा प्रदीप भारद्वाजको स्क्रिप्ट लेखन र हरि हुमागाइँको छायांकन रहनेछ । 

एक्सन प्रधान निर्माण गरिने यो फिल्मलाई नेपाल र सिक्किममा छायांकन गरिने जनाइएको छ ।