'कल्ली'बाट हटाइनु र 'मायावी' सर्नु, अबको बाटो पलको लागि कती सहज ?

अभिनेता पल शाह अभिनित फिल्म 'रावायण' व्यावसायिक रुपमा असफल भयो । यो फिल्मको असफलतापछि अहिले उनको जीवनमा ठुलो झड्का लागेको देखिन्छ । 

यतिमात्र हैन, उनले पहिले नै साइन गरिसकेका केही फिल्महरु बाट पनि उनलाई अलग गराइएको छ । अहिले उनलाई लिएर फिल्म निर्माण गर्न तम्सिएका केही मेकरहरु हच्किएका छन् ।

रावायणको नतिजा निकै कम्जोर र निराशाजनक आएपछि सामाजिक सन्जालमा उनले विभिन्न टिप्पनी खेपिरहेका छन् । उनको अभिनयदेखि गेटअपसम्मको व्यापक आलोचना भएकोबेला 'कल्ली' फिल्मका निर्माणपक्षले उनलाई यो फिल्मबाट नै अलग गरिदिए ।

किरण नेपालीको प्रस्तुतिमा निर्माण हुने यो फिल्मको गत साउन १५ गते दुईवटा पोस्टर सार्वजनिक गर्दै पलको प्रमुख भूमिका रहने जनाइएको थियो । तर, अब यो फिल्मबाट पनि उनलाई हटाइएको हो। निर्माणपक्षले सोमबार उनको ठाउँमा नायक सौगात मल्ललाई अनुबन्धित गरिसकेको छ ।

पछिल्लो समय पलको नाम सुन्नेबित्तिकै मेकरहरु तर्सिनुको प्रमुख कारण ‘रावायण’को कमजोर व्यापार, उनको अभिनयको आलोचना र पल मुछिएको घटनालाई लिएर भएको गलत टीका-टिप्पणी रहेको बुझिएको छ ।

बुझिएअनुसार पल शाहकै कारण ‘कल्ली’मा केही कलाकारले काम नै गर्न मानेन् । निर्माताले अरु भूमिकाका लागि केही स्थापित कलाकारहरूलाई प्रस्ताव गरेका थिए । तर, उनीहरूले काम गर्न अस्वीकार गरे । फिल्मबाट पललाई अलग गराइनुको एउटा प्रमुख कारण यो पनि रहेको खुलेको छ । 

यता, पल शाहकै मुख्य भूमिका रहेको अर्को फिल्म 'मायावी'को रिलिज मिती पनि सारीएको छ । पलको चौतर्फी विरोद र विबाद भएपछि 'मायावी' फिल्मले ‘सो’ न नपाउने तथा फिल्म लाई असर पर्ने देखेर आफै निर्माता रहेका निर्देशक दिवाकर भट्टराईले विभिन्न कारण देखाउदै कार्तिक १५ गतेबाट यो फिल्म सारेको देखिन्छ ।