कात्तिक १५ गतेबाट पौष २६ मा पुग्यो पल शाहको 'मायावी'

दिवाकार भट्टराई निर्देशित फिल्म ‘मायावी’ आगामी कात्तिक १५ गतेबाट ब्याक हटेको छ । निर्देशक भट्टराईले विभिन्न कारण देखाउदै यो मितिबाट अब 'मायावी' हटेको जानकारी दिए । उनका अनुसार अब यो फिल्म आगामी पौष 26 गते प्रदर्शन हुनेछ । 
 
निर्देशक भट्टराईले कार्तिक १५ गतेबाट आफ्नो फिल्मलाई पछि सार्दै प्रदीपको 'एक्टर' र प्रकाश सपुत अभिनित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई शुभकामना दिएका हुन्।

नायक पल शाहको मुख्य भूमिका रहेको यो फिल्म अब पौष २६ गते प्रदर्शनमा आउने छ । फिल्मको रिलिज मितिबारे जानकारी दिदै गर्दा निर्देशक भट्टराईले अगाडि भने, 'आफ्नो पैसा र मेहनतले फिल्म बनाउने हो, चलाउने हो। अरूको रमिताको लागि हैन अरूको दुःख पीडामा रमाउने रोगी/दुखी आत्मा हरुलाई समवेदना भन्नु बाहेक केही छैन ।' उनले भने ।  

यो फिल्ममा पल शाह र दीपिका प्रसाईंको अलावा सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंको अभिनय रहेको छ। 

निर्देशक भट्टराईको कथा/लेखेका रहेको यो फिल्मलाई क्रियटिभ सिने आर्ट्सको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ। प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्माता राजु पराजुली, रमा प्रसाईं र नमिता झा हुन्।

राज कटुवाल र चन्द्र पन्त निर्माता रहेको यो फिल्मको सहयोगी निर्मातामा अम्बरिश कश्यप छन् ।