इन्फा अवार्डमा भुवनलाई ‘लाईफटाईम एचिभमेन्ट’, अनमोल र केकी उत्कृष्ट घोषित


अभिनेता भुवन केसी ‘लाईफटाईम एचिभमेन्ट’ बाट सम्मानित भएका छन् । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच अभिनेता केसीलाई सम्मानित गरिएको हो ।

त्यस्तै, अभिनेता भुवन केसीलाई 'लाईफटाईम अचिभमेन्ट' बाट सम्मानित गरिएसङै उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट अभिनेता अभिनेत्री घोषित गरिएको थियो ।

जसमध्य, फिल्म फर्की फर्कीबाट अनमोल केसी सर्वोत्कृष्ट अभिनेता बन्दा केकी अधिकारी प्रसाद २ बाट उत्कृष्ट अभिनेत्री घोषित भइन् । त्यस्तै, इन्फा अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भए ।   

यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनले आयोजना गरेको यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लन्डनमा सम्पन्न गरिएको हो ।