लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो । 

अवार्ड कार्यक्रममा फर्की फर्कीबाट अनमोल केसी सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । त्यस्तै, इन्फा अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । 

दिमाग खराबबाट आकाश बरालले सर्वोत्कृष्ट कथा÷पटकथाको अवार्ड हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र घोषित भए । सर्वोत्कृष्ट छाँयाकार प्रसाद २ बाट राजेश श्रेष्ठ, फर्की फर्कीबाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार बोक्सीको घर(बुझिन मैले), कालि प्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी), समिक्षा अधिकारी बोक्सीको घर(बुझिन मैले) सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक पुजार सार्कीबाट शिशिर खत्री (दर्शन गरें)ले अवार्ड हात पारे ।

त्यस्तै, फिल्म जारीबाट बर्ष २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पप्पुलर अभिनेत्रीको अवार्ड जितेकी हुन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्का र सुपला सापकोटा बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड जितेकी हुन् । 

पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुदाँ सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङले जितिन । यता पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर शुशान्त खत्रीले जीत्दा इन्करेजमेन्ट अवार्ड फिल्म लण्डन टु पेरिसबाट गरिमा शर्माले जितिन् ।

लाईफटाईम एचिभमेन्ट अवार्डबाट एक्टर भुवन केसी सम्मानित भए । केसीले अवार्ड ग्रहण गर्दै गर्दा अभिनेता अनमोल केसीले स्टेजमै पीताको खुट्टा ढोगेका थिए । यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा अवार्ड सम्मन भएको हो ।