चलचित्र विकास बोर्डका अध्यक्ष र सञ्चार मन्त्रालयबिच कार्यसम्पादन सम्झौता

चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिच कार्यसम्पादन सम्झौता भएको छ । आइतबार पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा संचार सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने कार्यबारे सम्झौता भएको हो ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू यो सम्झौतामा रहेको छ । यो सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलका फिल्मको स्तरोन्नतिका समेत योजनाहरू समेटिएको छ ।  

सम्झौतामा हस्ताक्षर गर्दै बोर्ड अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यावस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सञ्चार मन्त्रालयले बाेर्डकाे अलावा आफू मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको थियो ।