अस्करका विद्यार्थीले आइफोनबाट खिचेको फिल्म ‘अ प्लेस अन्डर द सन’को विशेष प्रदर्शन

जेसन लोप्चनको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘अ प्लेस अन्डर द सन’को विशेष प्रदर्शन गरिएको छ । अस्कर फिल्म कलेजबाट ब्याचलर पास गरेका विद्यार्थीले नेपालमा पहिलो पटक आइफोन १४ प्रो म्याक्सबाट फिल्मको छायांकन गरेका हुन्। 

गत शुक्रबार काठमाडौंको सुन्धारास्थित सीडीसी सिनेमाज्मा प्रदर्शन गरिएको यो फिल्म हेर्न निर्माण टिम, अस्कर कलेजका विद्यार्थीसहित अन्य फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । फिल्म हेरेर हलबाट निस्केका अधिकांशले छायांकार प्रबीन लिम्बुको डिओपी र कलाकारको अभिनयको खुलेर तारिफ गरेका थिए ।

वान स्क्वाड फिल्मको ब्यानरमा निर्माण भएको यो फिल्मको सह निर्मातामा उमेश खड्का छन् । प्रविन लिम्बूको छायांकन रहेको यो फिल्मलाई चाडै  हलमा प्रदर्शन गरिने जनाइएको छ। । हल पश्चात यो फिल्मा विश्वको चर्चि ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक र रोकु टिभीमा रिलिज हुने कर्न्फम भैसकेको दाबी निर्माण टिमको छ ।

क्राइम जनरामा निर्माण भएको यो फिल्ममा बाल्यकालदेखि मिल्ने ३ जना साथीको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा मीरा गुरूङ, मीन घलान, मीरा गुरुङ, अम्शु शर्मा, विप्लव गौली, प्रजन पौडेल, प्रवेश एमसी, रिदेन श्रेष्ठले अभिनय रहेको छ ।