विष्णु माझीले सार्वजनिक गरिन् दसैं गीत 'परदेशी मेरो परदेशी'

गायिका विष्णु माझीको स्वरमा सजिएको दसैं गीत 'परदेशी मेरो परदेशी' सार्वजनिक गरिएको छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत रहेको यो गीत मार्फत दु:ख र पिडाका भावहाँरु शब्दको माध्यमबाट व्यक्त गरिएको छ ।

अबको एकहप्ताभित्र यो गीतको भिडियो दर्शकमाझ सार्वजनिक गर्ने निर्माणपक्षको तयारी छ । गीतको अडियो दुई दिनअघि युट्युबलगायतका प्लेटफर्ममा रिलिज भैसकेको छ।

यो गीतको भिडियोमा तीज गीतमा सहकार्य गरेकै कोरियोग्राफर र मोडलको अभिनय रहने बताइएको छ ।  
 

गायिका विष्णुसँगै सुन्दरमणिले समेत स्वर दिएको यो गीतमा आशिष अविरलले एरेन्ज गरेका छन्। अहिले यो गीतको भिडियो धमाधम छायांकन भइसकेको छ।