पहिलो सन्तानलाई जन्मदिने तयारीमा नन्दिता केसी

अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छिन्। उनले आफ्नो पहिलो सन्तानलाई अब चाडै यो धर्तिमा स्वागत गर्ने तयारी गरेको बताएकी हुन्। 

शनिबार समाजिक संजाल मार्फत जानकारी गर्दाउदै श्रीमान र परिवारसंग खिचिएका तस्वीरमा ‘सून टू वी ममी’ लेखिएको टिसर्ट लगाएकी हुन् । पहिलो सन्तानको आमा बन्दै गरेकी नन्दिता श्रीमान सँग रोमान्टिक भएको देख्न सकिन्छ ।

उनले तस्वीर सेयर गर्दै लेखेकी छिन्,'नारिले पाएको मातृत्वको बरदान र पुरूषले पाएको जगत पिता को बरदान ! सन्तानलाई गर्वमा हुर्काउदै गर्दा आफुलाई भाग्यमानी महसुस गरिरहेका छौ। भगवानको आशिर्वाद र मातापिताहरूको साथमा आफ्नतजन र सम्पुर्ण शुभचिन्तकको आशिर्वादलाई शिरमण गर्दछौ।’ 

गत वर्षको फागुन १९ गते अरविन्द्र कटवालसंग विवाह गरेकी नन्दिता श्रीमान सँगै अमेरिकामा बस्दै आएकी छिन् ।